सहकारी ठगी प्रकरणमा रविसहित एकै पटक १४ जनाविरुद्ध पक्राउ पुर्जी,लामिछाने पक्राउ

२ कात्तिक,काठमाडौं ।सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी भएको छ ।

शुक्रबार कास्की जिल्ला अदालतले लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी गरेको हो ।जसमा लामिछानेसँगै विशाल तामाङ,नवीन अछामी,रविना रिमाल,असरफ अली सिद्दिकी,दीपक लामा,अनन्त बाबु राई,रामबहादुर खनाल छन् ।

यस्तै देवेन्द्रबाबु राई,विज्ञान राई, ओमप्रकाश गुरुङ,वीरबहादुर रानाभाट, दीपा न्यौपाने,कल्पना कुमारी श्रेष्ठ पनि छन् ।

उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३) बमोजि पक्राउ पुर्जी जारी भएको हो ।यसअघि छविलाल जोशी,जीबी राईलाई कारबाही गर्न सिफारिस गरेको थियो । उनीहरुले सहकारीको रकम गोर्खा मिडियामा ल्याएर हिनामिना गरेको आरोप छ ।

यसैविच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पार्टी कार्यालय बनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले पक्राउ गरेको हो ।

रविलाई पक्राउ गर्न सीआईबीका एसबी हविन्द्र बोगटी ठूलो दलबलसहित रास्वपा कार्यालय पुगेका थिए । कार्यालय परिसरमा रास्वपा कार्यकर्ताको बाक्लो उपस्थिति छ ।

 लामिछानेलाई स्थलमार्गबाट आजै कास्की लगिने छ ।रास्वपाका केही नेता कार्यकर्ताहरु प्रहरीको गाडी सँगसँगै कास्की जाने तयारीमा छन् ।