३ कार्तिक,काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको समेत थोरै प्रभाव बाँकी रहेको छ ।जसको प्रभावले कोशी,बागमती,गण्डकी,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
अहिले पनि कोशी प्रदेश र बागमती प्रदेशको एक–दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उता आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।
त्यस्तै आज राति पनि कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
