पक्राउ परेका सभापति लामिछानेको पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण हुँदै

३ कार्तिक,काठमाडौं ।सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा पु–याइएको  छ।

शुक्रबार साँझ पक्राउ परेका रविलाई स्थलमार्ग हुँदै आज बिहान करिब ३ बजे कास्की प्रहरी कार्यालय पु–याइएको  प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पु–याइएलगत्तै प्रहरीले उनलाई स्वास्थ्य परीक्षण गराउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ ।

जिल्ला अदालत कास्कीले उनीसहित १४ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउने बताइएको छ।
सभापति लामिछानेलाई ल्याउनुअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यकर्ताको भिड लागेको थियो ।

रवि पक्राउ परेको विरोधमा रास्वपाका नेता कार्यकर्ताले चर्को विरोध गरेका थिए ।उनीहरुले प्रधानमन्त्रीविरुद्ध समेत नारा लगाएका थिए ।

जिल्ला अदालत, कस्कीका ६ जना न्यायाधीश छन् । दशैं विदा सकिएर शुक्रबार कार्यालय खुल्दा कोही पनि थिएनन् । न्यायाधीश कृष्णजंग शाह शुक्रबार दिउँसो नेपालगञ्जबाट पोखरा आए । दिउँसो ३ बजेतिर अदालत हाजिर भएका उनले रविलाई पक्राउ अनुमति दिए भने छविलाल जोशीको म्याद थपे ।

यस प्रकारको अपराधलाई गम्भिर अपराध मानिने भएकाले सहकारी ठगीको कसूर अनुसूची–१ मा राखिएको उनी बताउँछन्।सहकारी ऐन,२०७४ को दफा १२४ अनुसार,१० करोडभन्दा माथिको सहकारी ठगितको आरोपमा ६ देखि ८ वर्ष कैद हुने व्यवस्था छ।