त्रिवि स्नातक तहको प्रश्नपत्र अब अंग्रेजी र नेपाली दुवै भाषामा

६ कार्तिक,काठमाडौं ।त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै भाषामा बनाउने भएको छ।

त्रिविका अनुुसारा पहिलो चरणमा शिक्षा शास्त्र सङ्काय,मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा बनाइने भएको हो।

सोमबार त्रिविले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईलाई उक्त निर्णयबारे पत्राचार गर्दै लिखित जानकारी गराएको छ ।

पत्रमा भनिएको छ —यसअघिको मन्त्रालयको पत्रमा उल्लेखगरिएअनुसारको पहिलो चरणमा शिक्षा शास्त्र सङ्काय,मानविकी सङ्काय,व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने ब्यहोरा समेत जानकारी गराउँदछौं ।

यद्यपि यसबारेमा २०८० साल चैत्र १६ गतेको बसेकोे विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुबै भाषामा सोध्ने निर्णय गरेको थियो ।

 अब भने सो निर्णय सो कार्यान्वयनमा लैजान लागिएको हो ।