६ कार्तिक काठमाडौं। नेपाल मटेरियल्स साईन्स सोसाईटीले कार्त्तिक ९ देखि ११ गतेसम्म ललितपुरमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा सहभागी हुन विभिन्न १३ देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू आउन लागेका छन् ।नेपाल मटेरियल्स साईन्स सोसाईटीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सो सम्मेलन बारे जानकारी दिएको हो ।
‘इन्टरनेशनल कन्फरेन्स वन एडभान्स फन्सनल मटेरियल्स’ नाम दिइएको सो कार्यक्रममा उनिहरु सहभागि हुन नेपाल आउन लागेका हुन् ।सो सम्मेलनमा नेपालसहित साउथ कोरिया, चाइना, इण्डिया, जापान, अमेरिका, अष्ट्रेलिया, इजिप्ट, बंगलादेश, थाईल्याण्ड, इण्डोनेसिया, मंगोलिया र फिलिपिन्सका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।
सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले ५० जनाभन्दा बढी विदेशी वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहने बताए । साथै उक्त सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुल्चोक इन्जिनियरिङ कलेज सह–आयोजक रहेको पनि जनाइएको छ।
सम्मेलनमा ईनर्जी एण्ड ईन्भाइरोमेन्ट, इनर्जी, इन्भाइरोमेन्टल रेमिडेशन, हेल्थ केयर टेक्नोलोजी, एग्रिकल्चर, फरेस्ट वेस्ट टु एडभान्स फन्सनल मटेरियल्स लगायतका विषयमा अनुसन्धानपत्र प्रस्तुत, छलफल तथा विदेशी तथा नेपाली वैज्ञानिक तथा अनुसन्धानकर्ताबिच अन्तरक्रिया हुने आयोजकले जानकारी दिएका छन्
आयोजकका अनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उद्घाटन गर्ने सो ा ३ दिने सम्मेलनमा आउने ।
आउने विदेशी वैज्ञानिकहरूलाई नेपाल भ्रमणको क्रममा पाटन दरबार स्क्वायरको अवलोकन भ्रमण समेत गराउने कार्यक्रम छ ।
