विपद् कोषमा जम्मा भयो १ अर्ब ८१ करोड रकम,२२ लाख ब्याज आउने

७ कार्तिक,काठमाडौं।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १ अर्ब ८१ करोड ७१ लाख १४ हजार ३ सय ७९ रुपैयाँ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कोषमा सो रकम जम्मा भएको हो।

कोषमा संस्थागत एवं व्यक्तिगत रुपमा रकम जम्मा भएको हो। कोषका अनुसार विभिन्न ६३ वटा संघ संस्थाले उक्त रकम दिएको उल्लेख छ।यो रकम कोषमा २०८१ साल असार मसान्तसम्म मौज्जाद रहेको एक अर्ब ५६ करोड ९८ लाख ९८ हजार रकमसहित भएको उल्लेख गरिएको छ ।उक्त रकमको ब्याज २२ लाख २२ हजार ६ सय ४ रुपैयाँ पनि जोडिएको पनि जनाइएको छ।

गत असोज ११ गते र १२ गते आएको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट देशभर २६ अर्ब भन्दा बढीको क्षति भएको छ। २ सय ५० भन्दा बढीले ज्यान गुमाएका छन्। भत्किएको बीपी राजमार्ग अझै पूर्णरुपमा सञ्चालनमा आएको छैन।

कसले कति रकम दिए त ? विवरणसहित

 

Scanned Image