सीता पौडेल (अर्चना)
८ कात्तिक,काठमाडौं ।रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल—भुटान अन्तर्गतको रोटरी नेपालले विश्व पोलियो दिवसको अवसरमा देशका सातै प्रदेशमा एकै समयमा सचेतना र्याली निकालेको छ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ अन्तर्गतको रोटरी डिष्ट्रिक्ट पब्लिक इमेज कमिटिको आयोजनामा ‘इन्ड पोलियो नाउ’ अभियान अन्तर्गत विश्व पोलियो दिवस अक्टोर २४ का दिन आज बिहिवार पोलियो सम्बन्धी सचेतना र्याली निकालिएको हो ।

यस अवसरमा र्यालीसँगै देशका सातै प्रदेशबाट साइकल र्याली,म्याराथन लगायत विभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरु समेत गरिएको रोटरी नेपालका वर्ष २०२४÷२०२५का डिष्ट्रक्ट पब्लिक इमेज कमिटी प्रमुख अमित गिरीले जानकारी दिए।

कमिटी प्रमुख गिरीका अनुसार ललितपुरको जावलाखेलबाट शुरु भएको सो ¥याली थापाथली भद्रकाली,सहिदगेट हुँदै टुँडिखेलमा पुगेर समापन समारोहमा परिणत भएको थियो ।र्यालीमा सहभागीहरुले इन्ड पोलियो नाउ,किप नेपाल पोलियो फ्रि लेखिएका टिसट र टोपी लगाएका थिए। भने,सोही नारा अंकित प्लेकार्डहरु बोकेका थिए ।


बिहान ६ः३० बजे जावलाखेलबाट शुरु भई ८ : १५ बजे टुडिखेलमा पुगेर समापन गरिएको सो कार्यक्रमलाई सम्बोधन गर्दै रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गतका यस रोटरी वर्षका डिष्ट्रिक्ट गभरर्नर राजेन्द्रमान शेरचनले अझै पनि केही देशमा पोलियो रोग देखिएको भन्दै पोलियोलाई अन्त्य गर्न सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।
साथै उनले सबै बालबालिकाहरुलाई पोलियो थोपा खुवाउन र पोलियो खोप लगाउन सम्बन्धीत सबै अभिभावकहरुलाई आग्रह गरे ।उनले भने,’ पोलियोको भ्याक्सिनेशन,पोलियोको ड्रप यदि बच्चाहरुले लिएका छैनन् भने बच्चाहरुलाई लिन लाइदिनुस् ।’

गभर्नर शेरचनले नेपालमा आधिकारिक रुपमा पोलियोका विरामी नभए तापनि विश्वबाट पोलियो उन्मुलन भइनसकेको हुनाले सचेत हुनु पर्ने बताए।उनले भने, ‘ नेपालमा आधिकारिक रुपमा पोलियोका विरामी छैनन् । ‘तर हामी सधै सचेत बनिरहनुपर्छ।’
यस्तै कार्यक्रममा उनले रोटरीले साढे दुई अरब बालबालिकाहरुलाई पोलियो रोग लाग्नबाट बचाउन सकिएको दाबी गर्दै पोलियो उन्मुलनमा रोटरीले महत्वपूर्ण भूमिका खेलिरहेको पनि खुलस्त पारे।
निजी स्वार्थभन्दा माथि उठेर सामाजिक सेवामा समर्पित संसारको सबैभन्दा पुरानो सेवामूलक सामाजिक संस्था रोटरीले विश्वबाट नै पोलियो भाइरस उन्मुलन गर्न प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको छ।

सन् १९०५ मा अमेरिकाको सिकागो सहरबाट शुरु भएको सामाजिक संस्था रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२, नेपाल —भुटान अन्तर्गत हाल २०८ मुलुकमा ४६ हजार भन्दा बढी रोटरी क्लबहरु छन् ।भने,१२ लाख भन्दा बढी रोटरी सदस्य(रोटरीयन)हरु सामाजिक सेवामा समर्पित छन् ।


अहिलेसम्म नेपालमा रोटरीका १६१ वटा क्लबहरुले शिक्षा,स्वास्थ्य,खानेपानी लगायत सामाजिक विकासका विभिन्न सात वटा क्षेत्रहरुमा जोड दिई विविध सेवा प्रदान गर्दै आइरहेको छ।
विश्वबाट नै पोलियो उन्मुलन गर्न तथा देशका विभिन्न क्षेत्रहरुको सामाजिक विकासका लागि प्रभावकारी भूमिका खेल्दै आएका कारण पनि विश्वका सेवामुलक समाजिक संस्थाहरुमा रोटरीको छुट्टै र विशिष्ट श्रेणीको स्थान बनेको पाइन्छ।
