सुरु भयो छठ पर्व,आज नहाय खाय

२० कात्तिक,काठमाडौं।सूर्यदेवको उपासना गर्दै चार दिनसम्म मनाइने छठ पर्व आजदेखि विधिवत् रुपमा सुरु भएको छ ।

आज पहिलो दिन नहाय खाय मनाइँदै छ।आजको दिन ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने चलन छ ।

त्यस्तै दोस्रो दिन भोलि खरना गर्ने चलन छ । यस क्रमममा भोलि साँझ ब्रतालुले चामल,सक्खर र दूधबाट तयार गरिएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना गर्नेछन् ।भने,तेस्रो दिन बिहीबार छठको मुख्य दिन हो ।यो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा छ।

अन्तिम दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ । यस दिनलाई पारन् भन्ने गरिन्छ ।

पारिवारिक सुख,शान्ति,समृद्धि एवं सन्तानको कल्याणका लागि मनाइने छठ पर्वमा प्रसादको रुपमा ठकुवा,भुसुवा, केरा,खाजा,उखु, हल्दी, अदुवा, तरकारी एवं विविध प्रकारको मिठाई तथा फलफूल आदि चढाउने गरिन्छ ।

यस अवसरमा नदी,पोखरी तथा जलाशयका घाटहरूलाई विशेष रूपमा सिंगारिदै छन् ।जनकपुरको गंगासागर, धनुषसागर,अंगराजसर,दशरथ ताल लगायतका ऐतिहासिक जलाशय किनारहरू छटका लागि दुलहीलाई जस्तै गरि सिंगारिदै छन् ।

 पछिल्लो समय पहाडी क्षेत्रका बासिन्दाहरूले पनि छठ पर्व मनाउन थालेका छन् ।