
२० कार्तिक पोखरा ।सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि तेस्रोपटक म्याद थप भएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविमाथि थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
कात्तिक २ गते पक्राउ परेका उनलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो ।
