
२२ कार्तिक,काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभाका कृषि,सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिका सभापति एवं सांसदहरूले जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) मा नेपालका तर्फबाट उठाउनुपर्ने विषयबारे सुझाब दिएका छन् ।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई भेटी सो समितिले जलवायु परिवर्तनको असरका कारण नेपालले भोग्नुपरेको जोखिमका सम्बन्धमा अन्तर्राष्ट्रियस्तरमा उठाउनुपर्ने विषयहरू प्रस्तुत गरेको छ ।
कोप–२९ यही कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा हुँदैछ ।
