सुर्खेतको देउती बज्यै मन्दिरकी पुजारी झुन्डिएको अवस्थामा मृत भेटिइन्

२८ कार्तिक,सुर्खेत ।कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रख्यात धार्मिकस्थल गंगामाला देउती बज्यै मन्दिरकी पुजारी झुन्डिएको अवस्थामा मृत भेटिएकी छिन्।

मन्दिरकी पुजारी ५० वर्षीया सरस्वती राजीको बुधबार बिहान ५ बजे मन्दिरको ढोकामा झुन्डिएको अवस्थामा शव भेटिएको हो।सो घटनाको प्रहरीले अनुसन्धान थालेको छ।

घटनापछि मन्दिरमा पूजा रोकिएको प्रहरीले बताएको छ।