
२८ कार्तिक,काठमाडौं।सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला अदालत कपिलवस्तुका तहसिलदार र कम्प्यूटर अपरेटर पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटबल कार्यालयबाट गएको टोलीले उनीहरुलाई २० हजार रुपैंया घुससहित पक्राउ गरेको हो।
यसबारे अख्तियारस्रोत भन्छ — ‘ अदालतका कर्मचारीहरुले घुस मागेको उजुरी आएपछि हामीले आन्तरिक निगरानी र अनुसन्धान गरेका थियौं,त्यसपछि न्यायिक नेतृत्वलाई जानकारी गराएर उनीहरुलाई पक्राउ गरिएको हो’ अख्तियारस्रोतले भन्यो, ‘पक्राउ गरेपछि सबै प्रक्रिया पुरा गरेर उनीहरुलाई हिरासतमा लिइएको छ ।’
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जिल्ला अदालत कपिलबस्तुमा अख्तियारले स्टिङ अपरेसन गरेको पुष्टि गरे।उनले भने, ‘यसवारेको विस्तृत विवरण संकलन गरिरहेका छौं ।’
सेवाग्राहीको उजुरीको आधारमा अख्तियारले अदालतका ती कर्मचारीलाई रंगेहात पक्राउ गरेको जनाएको छ ।
