देउवाले मनोनीत गरे दलित समुदाय समन्वय विभागमा १० सदस्य,को कहाँ ?

३० कर्तिक,काठमाडौं । नेपाली कांग्रेसले दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा सदस्य मनोनयन गरेको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले विभागमा १० सदस्य मनोनयन गरेका छन् ।उनका अनुसार पार्टीको विधान,२०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय लक्ष्मी परियार प्रमुख विभागको सदस्य मनोनयन गरेका हुन्।
मनोनित व्यक्ति र स्थान :-

रामकृष्ण लकान्द्री, तेह्रथुम

दीपक सोनी, दैलेख

कलावती पासवान, बारा

विपेन्द्र रामुदामु, चितवन

कुमार टेलर, डोटी

शान्ता सुनार, धादिङ

प्रकाश घतानी, काठमाडौं

सुनिल बुढाथोकी, पाल्पा

कुमारी सार्की, कैलाली

केदार गान्धारी,गोरखा