नागढुंगा सडक एक हप्तासम्म दिउँसो ३ घण्टा बन्द हुने (सूचनासहित)

मनिषा गुरुङ

३० कात्तिक, काठमाडौं । नागढुंगा सडक एक हप्ताका लागि दिउँसोको समयमा आंशिक रुपमा बन्द हुने भएको छ।

नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टल अन्तर्गत सिस्ने खोलामा स्लोप कटिङ गर्नु पर्ने भएकोले सडक बन्द गनुै परेको आयोजनाले जनाएको छ ।

आयोजनाले जारी गरेको सूचना अनुसार सो सडक हिजो कार्तिक २९ गते बिहीबारदेखि मंसिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बन्द हुनेछ ।

तर उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख छ । २०÷२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ ।

सडक बन्द रहेको बेलामा लेन अनुशासन कायम गर्न र सम्भव भए वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ ।

हेर्नुहोस् सूचना–ः