
१०, मंसिर काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेर १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदी मूल्य पनि घटेको छ।
आज चाँदी प्रतितोला १ सय १५ रुपैयाँले घटेर १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार प्रतितोला चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
