
१०, मंसिर काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल सुरु गरेका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री ओली यही मङ्सिर १७ गते सोमबार चीन भ्रमणमा जाने कार्यक्रम छ ।
छलफलमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष खिलराज रेग्मी सहभागी छ ।
