
१२, मंसिर काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताएका छन् ।
बुधबार २१ औँ राष्ट्रिय ज्यापू दिवसका लागि निमन्त्रण दिन पुगेका नेवारी समुदायहरुसँग कुरा गदै प्रधानमन्त्री ओलीले नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएकाले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्बित गर्ने बताएको हो । ।
प्रधानमन्त्री ओलीले भने, ‘‘नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति विकसित संस्कृति हो । यस संस्कृतिले नेपाली संस्कृतिलाई मूल रुपमा प्रतिविम्बित गर्छ । थुप्रै नेपाली संस्कृतिका शाखा उपशाखाहरु छन् । हाम्रा पर्वपच्छिे गीत र नृत्यहरु पनि बेग्लै प्रकारको छ ।
दुनियाँमा यस्तो पृथक् प्रकारको संस्कृति अन्यत्र पाइँदैन । यथार्थमा नेवार संस्कृति, नेवार परिकार, नेवार पहिरनहरुका आफ्नै इतिहास र आफ्नै विशेषता छन् ।’’
उनले नेपालमा समुदायपिच्छे नै पृथक् प्रकारको संस्कृति रहेको उल्लेख गरे । उनले नेपालको जस्तो संस्कृति संसारका अन्य कुनै पनि देशमा नरहेको उल्लेख गरे। उनले नेवार संस्कृति, नेवार परिकार र नेवार पहिरनहरुका आफ्नै इतिहास र विशेषता रहेको बताउँदै यसलाई निरन्तरता दिन जरुरी रहेको बताए।
