धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण

१२, मंसिर काठमाडौं । धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन्।

बोर्डमा उपस्थित भई श्रेष्ठले बुधबारदेखि पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणका क्रममा उनले पहिलो निर्णयका रूपमा एभरेष्ट बैंकको बोनस सेयर दर्ता स्वीकृत गरेका छन् ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले चुनौतीहरुको थुप्रोको बीचमा ठूलो जिम्मेवारीकोसाथ आफू आएको भन्दै विशेष गरेर नेपालमा क्यापिटल मार्केटको दायरा बढाउँदै लैजाने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

उनले क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा धेरै योगदान गर्ने भएतापनि यसको सदुपयोग गर्न नसकेको भन्दै अधिकतम प्रयोग गर्नेगरी काम गर्ने उद्देश्यकोसाथ आफू आएको पनि बताए।