भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान्‌ गम्भीर घाइते

१३, मंसिर भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर चोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते हुनु भएको छ ।

भक्तरपुरबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते हुनु भएका छन्‌ भने उहाँकी श्रीमती नवीनाको मृत्यु भएको छ ।

घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरमा उपचार भइरहेको छ । प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।