सुदूरपश्चिम प्रदेशको बजेट नौ प्रतिशत खर्च

१५, मंसिर धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ लागि छुट्टाएकोमध्ये हालसम्म ९.२२ प्रतिशत बजेट खर्च गरेको छ ।

प्रदेश सरकारले मङ्सिर १० गतेसम्म कुल विनियोजनमध्ये तीन अर्ब ९६ लाख रुपियाँ बजेट खर्च गरेको हो । चालु आर्थिक वर्षका लागि दोस्रो पटक सदनमा बजेट प्रस्तुत गरिएको थियो । प्रस्तुत बजेट असोज पहिलो साता मात्रै प्रदेश सभाबाट पारित भएको थियो ।

प्रदेश सरकारको चालु आर्थिक वर्षको कुल बजेट ३१ अर्ब ६२ करोड ९८ लाख रुपियाँ रहेको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले चालुतर्फको बजेट हालसम्म एक अर्ब ७७ करोड ६४ लाख ९१३.८१ प्रतिशत० खर्च भएको छ ।