आइतबार र सोमबार वर्षाको सम्भावना

२०, मंसिर काठमाडौं । यो वर्षको हिउँदको पहिलो वर्षा आगामी आइतबार र सोमबार हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । वर्षापछि जाडो पनि अहिलेको तुलनामा बढ्ने छ ।

यो वर्षाको असर पूर्व र मध्यको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी पर्ने सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पश्चिमको तुलनामा कम प्रभाव हुने छ ।

पानी परिहाले पनि हल्का खालको मात्र हुने सम्भावना छ । काठमाडौं लगायत मध्य र पूर्वी भेगमा भने बादल लाग्ने र जाडो बढी हुने पूर्वानुमान छ ।