
३०, मंसिर सुनसरी । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको संगठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय रहेको बताएका छन् ।
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम संघको दोस्रो जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले नेपाली काँग्रेसलाई स्थापनाकालदेखि यसको सांगठनिक सृदृढीकरणमा मुस्लिम समुदायले सघाएको बताए ।
कार्यक्रम पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि गठन भएको दोहोर्याउँदै समाजका सबै पक्षका समस्या सम्बोधन गर्न संविधान संशोधनको विषयलाई आफ्नो पार्टीले अघि बढाएको बताए ।
