मन्त्रिपरिषद् बैठक बस्दै

५, पुस काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । हिजो बस्ने तय भए पनि स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बोलाइएको हो ।

मन्त्रिपरिषद बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल गर्ने तयारी छ ।हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो ।

प्रधानमन्त्री ओलीको विहीबार त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी गरिएको थियो ।