नेपाल वायुसेवा निगमको जहाजमा अचेत भेटिएका यात्रुको निधन

७, पुस काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका एक यात्रुको मृत्यु भएको छ ।

निगमको आरए ४१० उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका देउमान लिम्बुलाई अस्पताल पुर्‍याएसँगै मृत घोषणा गरिएको हो ।

उनी जहाजभित्र अचेत अवस्थामा भेटिएको र आफन्तहरू रिसिभ गर्न विमानस्थलमै आएको पाइएको विमानस्थल स्रोतले बताएको छ । उनलाई केएमसी पुर्‍याउनेबित्तिकै अस्पतालले मृत घोषणा गरेको छ । मृतक देउमान ५३ वर्षका थिए ।