रवि लामिछाने हिरासतमा सुतेको फोटो खिच्ने निकोलस भुसाल पक्राउ

८, पुस काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल पक्राउ परेका छन् ।

स्रोतका अनुसार उनलाई आइतबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई कास्की लगेर अनुसन्धान गरिने छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामलाल ओलियाले भुसाल पक्राउ परेको र कास्की ल्याउन लागिएको जानकारी दिए । सुरक्षा स्रोतका अनुसार उनीमाथि साइबर क्राइम लाग्न सक्छ ।