
८, पुस काठमाडौं । मानव बेचबिखन विरुद्धकी अभियन्ता, शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन भएको छ।
जोरपाटीस्थित बेसी गाउँमा बस्दै आएकी उनलाई सोमबार बिहान हृदयघात भएपछि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्याइएको थियो ।
तर, त्यहीँ उनलाई चिकित्सकले मृत घोषणा गरेको मानव बेचबिखनबाट प्रभावित महिलाहरुको पक्षमा काम गर्दै आएकी चरिमाया तामाङले जानकारी दिइन् । उदयपुरबाट दनुवारका ससुरा काठमाडौँ आउँदै गरेको र उनी आएपछि दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तामाङले जानकारी दिइन् ।
