
८, पुस काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको निक्षेप अपचलन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । महर्जन सो सहकारीको कोषाध्यक्ष रहेका थिए । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई प्रहरीले सोमबार बबरमहलबाट पक्राउ गरिएको हो ।
