
मनिषा गुरुङ
१७ पुस ,काठमाडौं ।अंग्रेजी नयाँ वर्ष २०२५ को सुरुवातसँगै प्रभु बैंक लिमिटेडले स्वचालित काउण्टर (प्रभु डिजिटल क्युव) सञ्चालनमा ल्याएको छ ।
विद्युतीय कारोवारलाई प्रवर्धन गर्ने उद्देश्यले बैंकले क्यास डिपोजिट,क्यास रिसाइक्लीङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रन्टीङ,एटिएम तथा विभिन्न केआईओएसके मेशिनको माध्यमवाट नगद जम्मा गर्न,नगद निकाल्न,क्लीयरिङ चेक जम्मा गर्न,खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरू ग्राहक आफैँले उक्त काउण्टर मार्फत प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
योसँगै अब कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको बैंकको भनाई छ ।
हाल यो सेवा बैंकको मुख्य कार्यालय,बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत बिस्तार गरिने बैंकले जनाएको छ ।
यस नबिनतम् सेवाबाट सेवाग्राहीलाई सहज हुने बैंकको विश्वास छ ।
