उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउनुपर्नेमा शिक्षामन्त्री भट्टराईको जोड

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउनुपर्नेमा जोड दिएकी छन्।

राष्ट्रियसभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले शिक्षा मन्त्रालयका पदाधिकारीसँग गरिएको छलफलमा उनले अनुसन्धानमूलक र प्राविधिक शिक्षा आवश्यक रहेको बताइन्।

शिक्षामन्त्री भट्टराईले प्रविधि, प्राविधिक र प्राविधिक शिक्षा आवश्यक रहेको बताइन्। उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)  को पुनः संरचना गर्न थालिएको बताइन्। उनले सिटिइभिटीलाई प्रदेश स्तरमा लैजाने तयारीसमेत गरिएको जानकारी दिइन्।