
१८, पुस काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय समितिका बैठकमा सहभागी भएका छन् ।
देउवा कानुन समितिको बैठकमा र ‘प्रचण्ड’ राज्य व्यवस्था समितिको बैठकमा सहभागी भएका हुन् । कानुन समितिमा केही नेपाल ऐन संशोधनमा वन तथा वातावरण मन्त्रालयको विषयमा छलफल हुँदै छ ।
यसैगरी राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा हृदयराम थानी संयोजकत्वको उपसमितिले बुझाएको प्रतिवेदनमा छलफल हुँदै छ ।
