
१८, पुस काठमाडौं । काठमाडौंमा बिहीबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।
दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको धक्का काठमाडौंमा महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले नेपाल-चीन सीमाक्षेत्रनजिक ज्यामिरेबाट दुई किलोमिटर पर माझीटार केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाएको छ ।
