
२२, पुस काठमाडौं । दुई दिनका लागि तय भएको नेकपा एमालेको आठौँ केन्द्रीय कमिटी बैठक लम्बिने भएको छ ।
आइतबारबाट सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेस भएर छलफल सुरु भएको छ । पहिलो दिनको बैठकले अघिल्लो केन्द्रीय कमिटी बैठकपछि सचिवालय र स्थायी कमिटी बैठकले गरेका विभिन्न निर्णयहरू अनुमोदन गरेको छ ।
अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि पहिलो दिन २७ जना केन्द्रीय कमिटी सदस्यहरूले धारणा राखेका छन् । बाँकी सदस्यहरूले सोमबारको बैठकमा धारणा राख्नेछन् । केन्द्रीय सदस्यले बोलिसकेपछि पोलिटब्युरो, स्थायी कमिटी र आयोग प्रमुखहरूले धारणा राख्ने कार्यसूची छ ।
