
२२, पुस काठमाडौं । सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेका तर्फबाट बहस सुरु हुँदै छ ।
गएको शुक्रवार प्रतिवादीहरूको बहस सुरु भएकोमा यसअघि पूर्व प्रहरी नायब महानिरीक्षक एवम् गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी बन्जाडे र जिबी एन्ड कम्पनिजकी कर्मचारी लीला पछाइका तर्फबाट कानुन व्यवसायीले बहस गरिसकेका छन् ।
कास्की जिल्ला अदालतका स्रेष्तेदार राजन खनालले न्यायाधीश नीतिज राईको इजलासमा जारी थुनछेक बहसमा केही बेरमा लामिछानेको तर्फबाट कानुन व्यवसायीको बहस सुरु हुने जानकारी दिए।
