तोलाको १६ सयले बढ्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?

२८, पुस काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको थियो । यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने तोलामा १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको थियो ।