लुम्बिनी प्रदेशमा माघ १ र २ गते सार्वजनिक बिदा

२९, पुस काठमाडौं । लुम्बिनी प्रदेश सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ । माघी पर्वको अवसरमा माघ १ गते देशभर सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ ।

लुम्बिनी प्रदेशले भने ‘प्रदेश डे’ को अवसरमा माघ २ गते पनि प्रदेशभर सार्वजनिक बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी मोहन अर्यालले बताए ।

उनले भने, ‘माघ १ गते राष्ट्रिय बिदा नै भयो, २ गते भने प्रदेश राजपत्रमा प्रकाशित भएको अवसरमा बिदा दिइएको छ ।’यस्तै यसअघिको सरकारले २०८० चैत २० गते गरेको निर्णय अनुसार माघ २ गते माघे सङ्क्रान्तिको अवसर पारेर बिदा दिने निर्णय गरेको थियो ।