स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको छ तर पूर्ण छैन : स्वास्थ्यमन्त्री पौडेल

११, माघ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको छ तर पूर्ण नभएको बताएका छन् । । धरान उपमहानगरपालिकामा रहेको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बनिएको नवनिर्मित जलेको घाउ उपचार गर्ने इकाई, क्यान्सर उपचार ईकाई र फार्मेसि भवनको उद्धघाटन गर्ने क्रममा उनले उक्त कुरा बताएको हो ।

यो अपूर्णतालाई अन्त्य गर्नका लागी प्रभावकारी सेवा उपलब्ध गराउने गरी उपचारलाई अगाडी बढाउनुपर्छ जसमा सस्तो, सर्वसुलभ र विपन्न नसक्ने वर्गलाई निःशुल्क उपचार हुनुपर्ने बताए। त्यो सेवा उपलब्ध गराउने पहिलो अस्पताल विपि अस्पताल हुनुपर्ने समेत स्वास्थ्यमन्त्री पौडेल बताए।

सरकारी प्रतिष्ठान भएकोले कुनै पनि औषधी छैन भन्नु गैरकानुनी भएकोले सबै औषधी राख्न जरुरी रहेको स्वास्थ्यमन्त्री पौडेल बताए । जति धेरै औषधि राखियो त्यति धेरै सेवा हुने उनले बताए ।