सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रु आज हुँदै, प्रधानमन्त्री ओलीले भर्चुअल उद्घाटन गर्ने

११, माघ काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल(तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ ।

आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने बताइएको छ । सिद्धबाबा सुरुङ मार्गको ब्रेक थ्रुसहितका कार्यक्रम उद्घाटन गर्न ओली रुपन्देही जाने कार्यक्रम तय भएको थियो ।

तर विशेष कारण वश ओलीले भर्चुअल रूपमै काठमाडौँबाटै उद्घाटन गर्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ । अब ओलीले काठमाडौँबाटै इलेक्ट्रोनिक प्रविधिबाटै ब्रेक थ्रु गर्नेछन् ।