सडक–पेटीमा निर्माण सामाग्री राख्नेलाई महानगरले तिरायो १५ हजार जरिवाना

१६ माघ,काठमाडौं ।सडक—पेटीमा निर्माण सामाग्री राखेर पैदलयात्रुलाई अवरोध पु¥याएको भन्दै काठमाडौं महानगरपालिकाले एकजनालाई आर्थिक कारबाही स्वरुप १५ हजार जरिवाना तिराएको छ ।

महानगर प्रहरी बलका अनुसार महानगरले वडा नम्बर ५ का केशव श्रेष्ठलाई सडक–पेटी अतिक्रमण गरेर निर्माण सामग्री राखेबापत उल्लेखित रकम बराबरको आर्थिक जरिवाना तिराएको हो ।