महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउन एचपिभी खोप अभियान : स्वास्थ्यमन्त्री

२२, माघ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनका निम्ति सरकारले सुरुवात गरेको बताएका छन् ।

मंगलबार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको एचपिभी खोप अभियान कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएको हो ।

उनले निरोगी नेपाल बनाउने सरकारको अभियान रहेको भन्दै निरोगी नेपाली बनाउनको लागि यस्ता खालका अभियान सञ्चालन गर्दै जाने बताए । उनले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनको निम्ति सरुवात गरिएको दाबी समेत गरे ।

ूअहिले कक्षा ६ देखि १० सम्मका पढ्ने तथा १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप प्रदान गरिनेछ उनले भने नेपालका धेरै महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित भएर मुत्यु भएको भन्दै भविष्यमा नेपाली महिलाहरुले त्यो अवस्थामा भोग्नु नपर्ने गरी सरकारले अहिलेदेखि अभियान चलाएको उनले उल्लेख गरे ।