
२२, माघ काठमाडौं । नेपाल टेलिकमको इ(सिम अब एप र वेबसाइटबाटै पाइने भएको छ । आजबाट इ–सिम सेवा लिन सकिने टेलिकमले जनाएको छ ।
टेलिकमले २१ औँ वार्षिकोत्सवको अवसर पारेर उक्त सेवा सुरु गरेको टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीले बताइन् । उनका अनुसार अहिलेसम्म ग्राहकहरूले इ–सिम लिनका लागि काउन्टरमा जानुपर्ने बाध्यता थियो । अब ग्राहकहरूले यो सेवा नेपाल टेलिकम एप र वेबसाइटमार्फत् सहजै प्राप्त गर्न सक्नेछन् ।इ सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । इ(सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन ।
यसका लागि इ–सिम सपोर्ट गर्ने ह्यान्डसेट भने आवश्यक हुन्छ ।यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । इ-सिम प्रयोगमा आए पश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।साथै, टेलिकमले आजैबाट भोवाईफाई सेवाको व्यावसायिक सुरुवात पनि गरेको छ ।
