आजदेखि भ्यालेन्टाइन सप्ताह सुरु : आज रोज डे

२४ माघ,काठमाडौं।प्रेमील जोडीहरुले रोमन राजा क्लाउडियस द्वितीयको शासनकालमा,सेन्ट भ्यालेन्टाइनले प्रेम र विवाहलाई प्रवर्द्धन गर्न कडा संघर्ष गरेको सम्झनामा १४ फेब्रुअरीको दिनलाई भ्यालेन्टाइन डेको रुपमा मनाइँदै आएका छन् ।

यसलाई प्रेमी–प्रमीकाले प्रेम व्यक्त गर्ने दिनको रुपमा लिने गरेका छन् । उनीहरुले यसलाई हप्ताभरि उत्सवको रुपमा मनाउने गरेका छन् ।यस मान्यतानुसार आज फेब्रुअरी ७ बाट भ्यालेन्टाइन सप्ताहमा रोज डे सुरु भएको छ ।भ्यालेन्टाइन सप्ताहमा प्रेमील जोडीहरूले एक अर्कालाई आफ्नो भावनाहरू र प्रेम व्यक्त गर्न गुलाफको फूल दिने गर्छन् ।

रोज डेको सुरुवातको बारेमा कुनै आधिकारिक जानकारी छैन।तर यो युरोपको मध्ययुगीन प्रेम परम्परासँग जोडिएको छ। गुलाफलाई प्रेम,मित्रता र भावनाको प्रतीक मानिन्छ।त्यस कारण,गुलाफको प्रत्येक फरक रंगको फरक महत्त्व हुन्छ र फरक भावनाहरूको प्रतिनिधित्व गर्दछ।

रातो गुलाफले साँचो प्रेमको प्रतिनिधित्व गर्दछ,सेतो गुलाफले शान्ति र नयाँ सुरुवातको प्रतिनिधित्व गर्दछ,पहेँलो गुलाफले मित्रता र खुसीको प्रतिनिधित्व गर्दछ,गुलाबी गुलाफले कृतज्ञता र प्रशंसाको प्रतिनिधित्व गर्दछ र सुन्तला रङको गुलाफले जोस,उत्साह र आकर्षणको प्रतिनिधित्व गर्दछ।

यस्तो छ भ्यालेन्टाइन सप्ताह :
फेब्रुअरी ७ – रोज डे
फेब्रुअरी ८ – प्रपोज डे
फेब्रुअरी ९ – चकलेट डे
फेब्रुअरी १० – टेडी डे
फेब्रुअरी ११ – प्रमिस डे
फेब्रुअरी १२ – हग डे
फेब्रुअरी १३ – किस डे
फेब्रुअरी १४ – भ्यालेन्टाइन डे

हजारौं वर्षदेखि गुलाब प्रेम र स्नेह व्यक्त गर्न प्रयोग गरिन्छ । गुलाब देख्दा मानिसहरूको मनमा  प्रेम र स्नेह  भाव जागृत भएको पाइन्छ । रातो गुलाफले साँचो प्रेमको प्रतिनिधित्व गर्दछ।