आगलागीपछि खानेपानी मन्त्रालयको मर्मत सम्भार कार्य सुरु

२६, माघ काठमाडौं । आगलागी भएको खानेपानी मन्त्रालयको मर्मत सम्भार कार्य सुरु गरेको छ । शनिबार उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले अवलोन गरेलगत्तै मन्त्रालयले मर्मतसम्भारको काम थालेको उनको सचिवालयले जनाएको छ ।

शनिबार बिहान खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको थियो । आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको जनाइएको छ ।