अर्थतन्त्र सुधारका लागि पहल जारी गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल

२७, माघ काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले पहल गरिरहेको बताएका छन् । उनले सार्वजनिक(निजी साझेदारी तथा निजी क्षेत्रको लगानीलाई प्रवर्द्धन गरिरहेको बताए ।

नेपाल व्यवस्थापन संघको ४४औँ वार्षिक साधारण सभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रको सवलीकरणका लागि सबैको साझा प्रयास र सहयोग जरुरी रहेको बताए ।

कार्यक्रममा पूर्वाधार फाइनान्सिङमा आन्तरिक स्रोत परिचालन विषयमा संघद्वारा तयार पारिएको अध्ययनमा अध्येता कृष्णप्रसाद आचार्यले प्रस्तुतीकरण गरेका थिए भने लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र अर्थशास्त्री एवं ‘इन्स्टिच्यूट अफ इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज इआइडिएसका कार्यकारी निर्देशक विश्वास गौचनले टिप्पणी गरेका थिए ।