
२९, माघ काठमाडौं । नेपाली कांग्रेसकी सांसद अञ्जनी श्रेष्ठले जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भएको भन्दै समाधान गर्न सरकारसँग माग गरेकी छन् ।
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै श्रेष्ठले जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा चितवनको निकुञ्ज वरपरका नागरिकको जिउज्यान जोखिममा रहेको बताएकी हुन् ।
उनले भनिन्, ‘चितवन जिल्लाको निकुञ्ज वरपरका नागरिकको जिउज्यनको जोखिम बढ्दै गइरहेको छ । बाघ, गैँडा र शात्तिजस्ता जनावरहरू सधैँजसो गाउँबस्तीमा हिँड्दा गाउँका मान्छेहरू असुरक्षित महसुस गरिरहेका छन् ।
