सुनको मूल्य २७ सयले बढ्यो , आज कतिमा हुँदैछ कारोबार ?

३०, माघ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार ७ सय रुपैयाँले बढेर एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर १ हजार ९३० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी १ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।