बुनपाको चौथो रोजगार तथा वृत्ति मेला अवलोकन गर्ने युवाहरुको घुँइचो,छुटेकाहरुबाट भोलि पनि आवेदन संकलन गरिने (फोटो फिचरसहित)

सीता पौडेल

२,फागुन काठमाडौं।बुढानीलकण्ठ नगरपालिकाको चौथो रोजगार तथा वृत्ति मेलाको आज पहिलो दिन नै मेला अवलोकन गर्ने युवाहरुको घुइँचो लागेको छ।

मेलामा रोजगारीको लागि फारम भरेका क्षमतावान बेरोजागार १०० जना युवालाई तत्काल रोजगारीमा जोडिदैं छ। भने,विभिन्न कारणले आवेदन दिन छुटेका बेरोजगार युवाहरुलाई भोली बिहान ९ बजेपछि पनि नगर कार्यपालिकामा आएर आवेदन दिन सक्ने नगरपलिकाले जनाएको छ।

आज शुक्रबार बिहान ९ बजेदेखि नगरपालिकाको प्रांगणमा शुरु भएको सो मेलाको शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री माननीय विद्या भट्टराईले उद्घाटन गरेकी थिइन्।

मेलामा बढी भन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेका उद्यमीहरुलाई स्टल राख्न दिने व्यवस्था मिलाइएको छ। मेलामा  ४२ वटा स्टल राखिएका छन् । जसमा २० वटा रोजगारदाता,६ वटा शिक्षा,सिप तथा तालिम प्रदायक,३ वटा उन्नयनशील युवा उद्यम,७ वटा रमाइलो शुक्रबार प्रवद्र्धक र बाँकी ६ वटा विविध विषयका स्टलहरु रहेका छन्।

सो मेलामा २५ हजार भन्दा बढीले अवलोकन गर्ने र मेला अवधिमा दर्जनौ बेरोजगार युवाहरुले रोजगार प्राप्त गर्ने अपेक्षा नगरपालिकाको छ।

मेला भोली शनिबार साँझसम्म सञ्चालन हुनेछ ।

हेर्नुहोस् पहिलो दिनका तस्विरहरु :