विचाराधीन विधेयक अघि बढाउने प्रमुख सचेतकहरुको निर्णय

४, फागुन काठमाडौं । सत्तापक्षका प्रमुख सचेतकहरुको बैठकले संसदमा विचाराधीन विधेयकलाई छिटो पारित गर्नेगरी अघि बढ्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारस्थित नेकपा (एमाले) को संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको बताएका छन् । ।

उनले संसदमा पेश भएका अध्यादेशका सन्दर्भमा केही महत्वपूर्ण छलफल भएको जानकारी दिए । एमालेका प्रमुख सचेतकसमेत रहनुभएका बर्तौलाले विगतका ४ वटा अधिवेशनमा पास भएकोभन्दा बढी विधेयकहरु यस अधिवेशनबाट पारित गर्नेगरी अघि बढ्नु पर्नेमा सत्तापक्षका प्रमुख सचेतकहरुले जोड दिएको बताए ।

उनले विद्यालय शिक्षा विधेयक र निजामति कर्मचारी विधेयकलाई चालु अधिवेशनबाट पारित गर्नेगरी अघि बढ्ने कुरामा सत्तापक्ष एक भएको बताए ।