
५, फागुन काठमाडौं । मनाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान ८ः२२ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु भ्राका क्षेत्रमै रहेको र यसको प्रभाव आसपासका क्षेत्रमा महसुस गरिएको जनाइएको छ । नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्दछ र साना तथा मध्यम भूकम्पहरू समय समयमा आइरहन्छन्।
