
६ फाल्गुन, राैतहट ।नेपाल फुल माली संघ राैतहटको शनिबार गरुडामा भएको जिल्ला सम्मेलनले पुन: मोहन मालीको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ ।
उक्त जिल्ला सम्मेलनबाट १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको नवनिर्वाचित अध्यक्ष मोहन मालीले बताए । उपाध्यक्ष द्वयमा राम विश्वास माली र गुडि देवी,सचिवमा प्रदिप भगत माली,सहसचिवमा लालबाबु भगत माली र कोषाध्यक्षमा उमेश भगत माली चयन भएका छन । 
यस्तै समितिको जिल्ला सदस्यमा भरत माली,बाबु लाल भगत,हरिश्चन्द्र भगत,रामबाबु भगत,हरिनारायण भगत,र विश्वनाथ भगत रहेका छन।त्यसैगरी सल्लाहकारमा रबिन्द्र भगत माली,भरत भगत,शिवशंकर भगत माली,कामोद भगत,रामसागर भगत र रामसागर भगत चयन भएका छन।
सम्मेलनको उदघाटन सत्रमा संघका केन्द्रीय अध्यक्ष बलिराम मालीले नेपाल सरकारले फुलबारीलाई माली जातिको पहिचानको रुपमा स्थापित गराउने प्रतिवद्वता जनाए ।ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक राजन कार्कीले नेपाल फुलमा अझैसम्म आत्मनिर्भर भइनसकेको भन्दै फुलको कारोबार आम्दानीको राम्रो अवसर रहेको बताए । 
कार्यक्रममा जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, शिक्षक राम किशोर भगतलगायतले देशभरीका २२ जिल्लामा करिब १४ सयको संख्यामा रहेका माली जातिको शिक्षा र परम्परागत व्यवसाय प्रर्बदनमा सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
