
६ फागुन,काठमाडौं । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको दोस्रो अधिवेशनले इन्द्रप्रसाद पौडेल सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।
सो अधिवेशनबाट उपाध्यक्षमा इतराज गुरुङ र रज्जिता शर्मा सर्वसम्मत भएका हुन् । त्यस्तै महासचिवमा आश गुरुङ सर्वसम्मत भएका छन् ।
यसैगरि सचिवमा गौरव त्रिपाठी,गोपाल जीटी, सिर्जना बराल, बालकृष्ण सुवेदी र दिलबहादुर बिक चयन भएका छन् ।भने,कोषाध्यक्ष मदन तिमल्सिना सर्वसम्मतले चयन भएका छन्।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेको सो अधिवेशनमा केन्द्रिय कमिटीका पदाधिकारी तथा सदस्यहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।
